Friday, August 17, 2012

सहकारी संस्था दर्ता प्रक्रिया

 सहकारी संस्था दर्ता प्रक्रिया

पहिलो प्रारम्भिक भेला
प्रस्तावित प्रारम्भिक सहकारी संस्थाले समेटेको कार्यक्षेत्र भित्र वसोवास गरेको सहकारी ऐन अनुसार योग्यता पुगेको कम्तिमा २५ जना व्यक्तिहरु मिलि स्वयं उपस्थित भई उपस्थिति भएका सदस्यहरु मध्ये कसैको अध्यक्षतामा पहिलो पटक प्रारम्भिक भेला बसी निम्न विषयमा प्रस्ताव राखि निर्णय गर्नु पर्दछ ।
(क) संस्था खोल्ने विषयमा ।
(ख) संस्थाको नाम, ठेगाना सम्बन्धमा ।
(ग) कार्यक्षेत्र निर्धारण गर्ने विषयमा ।
(घ) संस्थाको उद्देश्य र कार्यहरु सम्बन्धमा ।
(ङ) शेयर र प्रवेश शुल्क निर्धारण सम्बन्धमा ।
(च) संस्थाको तदर्थ संचालक समिति गठन (निर्वाचन) सम्बन्धमा ।
(छ) प्रस्तावित संस्थाको विनियम बनाउने सम्बन्धमा ।
(ज) शेयर र प्रवेश शुल्क वापत रकम उठाउने र जिम्मा दिने सम्बन्धमा ।
(झ) कार्ययोजना बनाउने सम्बन्धमा ।
(ञ) सम्भाव्यता अध्ययन प्रतिवेदन सम्बन्धमा
(ट) संस्थाको लोगो सम्बन्धमा ।
(ठ) अन्य विविध विषयमा ।

प्रस्तावित विनियममा निम्न विषयहरु अनिवार्य रुपमा उल्लेख भएको हुनुपर्दछ ः
१. नाम र ठेगाना                                                       २०. विशेष साधारण सभा
२. कार्यक्षेत्र                                                              २१. साधारण सभाका कर्तब्य र अधिकार
३. परिभाषा                                                              २२. संचालक समितिको गठन एवं काम कर्तब्य र अधिकार
४. उद्देश्य                                                                  २३. संचालकको पदमा बहाल रहन नसक्ने अवस्था
५. कार्य                                                                    २४. समितिको वैठक
६. सदस्यता                                                               २५. अध्यक्षको काम, कर्तब्य र अधिकार
७. सदस्यको लागि योग्यता                                           २६. उप–समिति गठन र कार्यविधि
८. प्रवेश शुल्क                                                             २७. लेखा समिति गठन
९. सदस्यताबाट राजिनामा                                            २८. लेखा समितिको काम, कर्तब्य र अधिकार
१०. सदस्यको निष्कासन                                               २९. व्यवस्थापकको काम, कर्तब्य र अधिकार
११. कोषको व्यवस्था                                                    ३०. बचत वितरण
१२. शेयर पूँजि                                                             ३१. कोषको वितरण
१३. शेयरको प्रमाण–पत्र                                                 ३२. संघ संस्थाले राख्नु पर्ने बहिखाता र कितावहरु
१४. शेयरको हस्तान्तरण वा फिर्ता                                   ३३. वार्षिक हिंसाव जाँच
१५. दायित्व                                                                ३४. निर्वाचन
१६. हकवालाको मनोनयन                                              ३५. मध्यस्थता सम्बन्धी व्यवस्था
१७. हक दावी वा नामसारी                                              ३६. विनियम संशोधन
१८. प्रारम्भिक साधारण सभा                                          ३७. विघटन
१९. साधारण सभा                                                        ३८. विविध

कार्ययोजना बनाउने सम्बन्धमा ः
कार्ययोजना बनाउँदा निम्न कुराहरु प्रष्टरुपमा उल्लेख गरिएको हुनु पर्दछ ।

 
कार्ययोजना
अनुसूची – ५
(सहकारी संघ/संस्थाको कार्ययोजना)
सहकारी संघ/संस्थाको नाम ः–
सहकारी संघ/संस्थाको ठेगाना ः–

क) उद्देश्य ः
ज्ञ।    ..................................    ..........................................    ..................................
द्द।    ..................................    ..........................................    ..................................
घ।    ..................................    ..........................................    ..................................
द्ध।    ..................................    ..........................................    ..................................
छ।    ..................................    ..........................................    ..................................
ख) कार्यहरु
ज्ञ।    ..................................    ..........................................    ..................................
द्द।    ..................................    ..........................................    ..................................
घ।    ..................................    ..........................................    ..................................
द्ध।    ..................................    ..........................................    ..................................
छ।    ..................................    ..........................................    ..................................

ग) उपर्युक्त कार्यहरुको लागि आवश्यक पूँजी ः–
ग.१. स्थिर पूँजी ः
१. जग्गा र भवन                 रु.....................
२. मेशिनरी औजार                 रु..................
३. फर्निचर                     रु...............
४. अन्य सामान खुलाउने
क) ...............................             रु..............................
ख) ...............................             रु..............................
कूल स्थिर पूँजी                    रु..............................

ग.२. चालू पूँजी ः
१. कच्चा पदार्थ                     रु.........................
२. विक्रीको लागि उपभोग्य बस्तु (लागत मूल्य)     रु..................
३. अन्य सामग्री                     रु...................
कूल चालु पूँजी                     रु..............................
घ) पूजीको स्रोत र रकम
१. शेयर पूँजी (रु......................) का दरले ...............
(कित्ता र शेयर बिक्रीबाट)                 रु......................
२. बैंक ऋण                     रु....................
३. आन्तरिक पूँजी प्रवाह
(संकलित बचत, नाफा र जगेडा कोष)         रु.................
४. सदस्यबाट प्राप्त निक्षेप र बचत         रु.............
५. अन्य (खुलाउने)                 रु...................
                        रु....................
ङ) संस्थाको आय ः
ज्ञ।    कमिशन (सामान बिक्रीबाट)         रु..................
द्द।    लाभ (उत्पादित बस्तुको बिक्रीबाट
    लागत मूल्य कटाई बाँकी)             रु...............
घ।    प्राप्त ब्या (बैंक निक्षेपमा)             रु.............
द्ध।    उप–उत्पादन बिक्रीबाट प्राप्त         रु...............
छ।    सेवा शुल्क                 रु.....................
ट।    प्रवेश शुल्क                 रु....................
ठ।    अन्य (खुलाउने)
च) खर्चहरु
ज्ञ।    तलब                     रु......................
द्द।    भत्ता                     रु...................
घ।    मसलन्द                     रु........................
द्ध।    प्रशासनिक खर्च                 रु..................
छ।    ऋणको ब्याज                 रु.................
ट।    सम्पत्तिमा ह्रास कट्टि             रु....................
ठ।    मर्मत सम्भार                 रु.......................
ड।    लेखापरीक्षण शुल्क             रु........................
ढ।    अन्य (केही भए खुलाउने)
                        रु..........................   
छ) खुद आय (बचत)
ज्ञ।    आय                     रु.................
द्द।    बयय                     रु...............
घ।    बचत                     रु...................
                        रु...................
ज) प्रतिशत
ज्ञ।    कुल लगानीमा आय प्रतिशत ....................
द्द।    कुल शेयर पूँजीमा आय प्रतिशत .......................


३. सम्भाव्यता अध्ययन प्रतिवेदन सम्बन्धमा ः
यस प्रतिवेदनमा निम्न कुराहरु समेटिएको हुनु पर्नेछ ।


श्री  ................................................................................ सहकारी संस्था लि.
................................

सम्भाव्यता अध्ययन प्रतिवेदन

(क)     प्रस्तावित कार्यक्षेत्रमा त्यस्तो प्रकृतिको संस्थाको आवश्यकताको पहिचान ः



(ख)     कार्यक्षेत्रभित्र बसोवास गर्ने अनुमानित जनसंख्या ः

(ग)     संस्था मार्फत पेशा व्यवसाय संचालन गर्नका लागि आवश्यक पूँजिका श्रोतहरु ः



(घ)     व्यवसायिक सम्भाब्यता ः



(ङ)     प्रस्तावित संस्था संचालनका लागि चाहिने जनशक्ति ः



(च)     सेवा पु¥याउन सकिने सदस्यहरुको अधिकतम संख्या ः

(छ)     उक्त कार्यक्षेत्रमा रहेका समान प्रकृतिका संस्थाहरुको संख्या ः

(ज)     पहिले स्थापना भईसकेका समान प्रकृतिका संस्थाहरुमा संलग्न हुन नसकिने कारण र संलग्नताका लागि गरिएको प्रयास ः

(झ)     बजारको स्वरुप, संस्थाको भावि कार्यक्रम तथा लक्षित समूह, संस्थागत विकासका स्पष्ट आधारहरु ः



(ञ)     संस्थागत विकासका स्पष्ट आधारहरु ः

                                            अध्यक्ष


दोश्रो प्रारम्भिक भेला ः
विनियम र कार्ययोजनाको मस्यौदा तयार भएपछि दोश्रो प्रारम्भिक भला डाकी घटीमा २५ जना उपस्थित भै २५ जनाकै मतबाट विनियम माथि दफावार (गहन) छलफल गरी निर्णय गुर्न पर्दछ ।

१. मस्यौदा विनियमको निम्न दफाहरु उपर छलफल गर्ने ः
    विनियमको प्रस्तावना सम्बन्धमा ।
    संस्थाको उद्देश्य र कार्यहरु सम्बन्धमा ।
    विभिन्न कोषहरुमा रकम बाँडफाँड सम्बन्धमा ।
    सदस्यहरुको जिम्मेवारी र जवाफदेही सम्बन्धमा ।
    व्यवस्थापक र कर्मचारीहरुको जिम्मेवारी जवाफदेही सम्बन्धमा ।
    संस्थाले संचालन गर्ने विषय प्रकृति अनुसारको व्यवस्थापन सम्बन्धी विषयहरुमा ।
    संचालक समितिको काम, कर्तब्य अधिकारले साधारणसभाको काम कर्तब्य अधिकारलाई कुण्ठित गरेको छ, छैन भन्ने विषयमा ।
    विनियममा उल्लेखित व्यवस्थाबाट संस्थाको उद्देश्य पूरा हुन सक्छ सक्दैन भन्ने विषयमा ।
    मस्यौदा समिति वा कुनै सदस्यले तयार पारी दोश्रो प्रारम्भिक भेलामा प्रस्तुत गरेको २ प्रति विनियमको मस्यौदालाई माथि उल्लेखित गरिए बमोजिम सभाबाट पास गराई तदर्थ समितिका सम्पूर्ण सदस्यहरुले प्रत्येक पृष्ठको शिर पुछारमा दस्तखत गर्नु पर्दछ ।
२.     कार्ययोजना र सम्भाव्यता अध्ययनको विषयमा छलफल गरी पारित गर्ने र प्रत्येक पृष्ठको शिर पुछारमा तदर्थ समितिका सम्पूर्ण सदस्यहरुले दस्तखत गर्ने ।
३.     संस्था दर्ता गर्नका लागि आवश्यक परेका कार्य गर्न अधिकार प्रत्यायोजन गर्ने ।
४.     संस्था दर्ता पश्चात शेयर र प्रवेश शुल्क वापत उठेको रकम बैंकमा खाता खोली जम्मा गर्ने र सो को भौचर संलग्न गर्ने ।
५.    दर्ताका लागि आवश्यक कागजातहरु तयार गर्ने ।
सहकारी संस्था दर्ताका लागि आवश्यक कागजातहरु ः
संस्था दर्ताका लागि अधिकार प्राप्त व्यक्तिहरुले निम्न कागजातहरु संलग्न राखि संस्था दर्ताका लागि सहकारी नियमावली २०४९ को नियम ३ अनुसूचि १ मा दिइएको संलग्न नमूना वमोजिम आवेदन तयार गरी सम्बन्धित डिभिजन सहकारी कार्यालयमा रु. १०÷ को टिकट टाँस गरी संस्थाका अध्यक्षले आवेदन गर्नु पर्दछ ।
१.     प्रस्तावित संस्थाको सक्कलै विनियम २ प्रति ।
२.    प्रस्तावित संस्थाको सक्कलै कार्ययोजना २ प्रति ।
३.     सभाले माथि लेखिएका विषयहरुमा गरेको निर्णयहरुको प्रमाणित प्रतिलिपि १ प्रति ।
४.     आवेदन गर्ने कम्तिमा २५ जना सदस्यहरुको फोटो सहितको विवरण, दस्तखत र संचालकहरुको फोटो भएको संलग्न नमूना बमोजिमको सदस्यता दर्ता किताव र निजहरुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि
५.    प्रस्तावित सहकारी संस्थाको तदर्थ समितिको अध्यक्षले दस्तखत गरेको आवेदन पत्र ।
६.    संस्था दर्ता गर्न गराउन अधिकार प्राप्त ब्यक्तिहरुको दस्तखत नमूना सहितको सक्कल अधिकार प्रत्यायोजन पत्र र तदर्थ समितिको अध्यक्षले दस्तखत गरेको पत्र ।
७.    भेलाको निर्णय बमोजिम शेयर शुल्क र प्रवेश शुल्क बापत उठेको रकम पायक पर्ने बैंकमा शेयर सदस्यहरु मध्ये कसैको नाममा जम्मा गरी बैंक स्टेटमेन्ट सहित पछि संस्थाको नाममा खाता खोली जम्मा गर्ने प्रतिवद्धता सहितको सक्कल भरपाई ।
८.     नागरिकताको प्रमाणपत्रबाट सदस्य संस्थाको कार्यक्षेत्र भित्र बसोवास गरेको प्रमाणित नहुने भए सदस्यहरु संस्थाको कार्यक्षेत्रभित्र बसोवास गरेका प्रमाण पत्रका प्रतिलिपिहरु । प्रमाण पत्रमा संघ संस्थाको कार्यक्षेत्र भित्रको स्थायी ठेगाना उल्लेख भएको हुनुपर्ने ।
जस्तो ः
(क)     बसाई सराई प्रमाण वा
(ख)     विवाह दर्ताको प्रमाण पत्र वा
(ग)     मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण वा मतदाता परिचय पत्र वा
(घ)     घर भएको प्रमाणित गर्न जग्गा धनी लालपूर्जाको प्रतिलिपि वा घर नक्सा इजाजतको प्रतिलिपि वा हाल सालै विद्युत महसुल तिरेको विल वा तिरो तिरेको रसिद ।
(ङ)    विगत २ वर्ष देखि सम्बन्धित कार्य क्षेत्रमा व्यवसाय गरी वसेको प्रमाणित हुने नविकरण सहितको व्यवसाय इजाजत प्रमाण पत्र र कर तिरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
(च)    कर्मचारीको हकमा स्थायी नियुक्ति पत्र, हाल कार्यरत कार्यालय वा निकाय खुल्ने प्रमाण र सम्बन्धित कार्यक्षेत्रमा वहालमा वसोवास गरेको व्यहोरा प्रमाणित हुने स्थानीय निकायले गरेको बढीमा १ महिना भित्रको सिफारिस ।

Thursday, August 16, 2012

सूचना ! सूचना !! सूचना !!!

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सहकारी कार्यालय, उदयपुरको
सूचना !
मिति :- २०६९/०४/१७
सहकारी ऐन, २०४८ को दफा ५(२) अन्तर्गत् दर्ता भएका सोलु, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लाका सहकारी संघ/संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र दर्तावाल लेखापरीक्षक नियुक्त गरी रजिष्ट्रार वा निजले तोकेको पदाधिकारीबाट नियुक्ति समर्थन गराई लेखापरीक्षण सम्पन्न गरी सो प्रतिवेदन आफ्नो संस्थाको साधारण सभाबाट अनुमोदन गराई पेश गर्नु होला । समयमै विवरण दाखिला नगर्ने संघ/संस्थाहरुलाई सहकारी मापदण्डको दफा ५७ को २ बमोजिम पटकैपिच्छे रु. १,५००।– दण्ड जरिवाना गरिने तथा २ वर्ष सम्म विवरण नपठाएमा संस्था खारेजी तर्फ कारवाही अगाडी बढाइने ब्यहोरा समेत सम्बन्धित संघ/संस्थालाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सहकारी अधिकृत

संस्था दर्ताको लागि अधिकार प्रत्यायोजन


>Ldfg\ /lhi6«f/ Ho",
l8lehg ;xsf/L sfof{no=================


ljifo M– ;+:yf btf{sf nflu clwsf/ k|Tofof]hg ul/Psf] af/] .


dxf]bo,
pk/f]Qm ljifodf o; k|:tfljt >L==============================================================================;xsf/L ;+:yf ln========================== uf=lj=;=÷g=kf=j8f g+= =========== lhNnfsf] ldlt ==================== df a;]sf] bf];|f] k|f/lDes e]nfsf] lg0f{ofg';f/ ;+:yf btf{sf nflu ljlgoddf ;fdfGo yk36 ;lxt cfjZos ;Dk"0f{ k|lqmof k"/f u/L ;DalGwt /lhi6«f/sf] sfof{nodf ;+:yf btf{ u/fpg lgDg gfd, 7]ufgf / b:tvt ePsf tby{ ;ldltsf ========================= / ================================ kbsf kbflwsf/Lx?nfO{ clwsf/ k|Tofof]hgf ul/Psf] 5 .

clwsf/ k|Tofof]hg ul/Psf JolQmx?sf]
gfd               7]ufgf             kb                b:tvt gd"gf
!=
@=                                                                              
#=

cfj]bs
!=                                     
!$=
@=
!%=
#=
!^=
$=
!&=
%=
!*=
^=
!(=
&=
@)=
*=
@!=
(=
@@=
!)=
@#=
!!=
@$=
!@=
@%=
!#=
@^=

उदयपुर जिल्लाको संक्षिप्त विवरण

जिल्लाको संक्षिप्त परिचय ः

    महाभारत श्रृंखलादेखि चुरे पर्ततमाला सम्मको भू–भाग समेट्ने उदयपुर जिल्ला भित्रि मधेशको रुपमा चिनिन्छ ।  नेपालको मानचित्रमा २६०३९ देखि २७०११०उत्तरी अक्षँंश र ८६०१ पूर्वी देशान्तरमा रहेको यो जिल्ला पूर्वतिर साधुरिएको र पश्चितमतर्फ फुकेको छ । २०६३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो जिल्ला क्षेत्रफलको हिसावले नेपाल अधिराज्यको २७ औं, पूर्वाञ्चलको चौथो र सगरमाथा अञ्चलको दोश्रो स्थानमा पर्दछ । यस जिल्लालाई पूर्वमा सुनसरी र धनकुटा जिल्लसँग सप्तकोशी नदीले र पश्चिममा धनुषा र सिन्धुली जिल्लासँग ककू, कमला र बहादुर  खोलाले, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा जिल्लासँग सुनकोशी , दुधकोशी , अरुण र तमोर दोभानले र दक्षिणमा सिरहा र सप्तरी सँग चुरेले छुट्याएको छ ।
 

२. भौगोलिक स्थिति ः
      भू–बनौटको आधारमा यस जिल्लामा  ३ प्रकारको धरातल स्वरुप पाइन्छ ।
(क)  पहाडी भु–भाग ः
     उत्तरमा सुनकोशी नदी र दक्षिणमा महाभारतको उपल्लो भाग सम्म पहाडी भु–भाग पर्दछ । जिल्लाको करीव ६० प्रतिशत भाग यस भु–भाग यस भु–भागले ढाकेको छ । करीव ११०० मी. देखि २३१० मी. सम्मको उचाईमा रहेको यो क्षेत्रमा लेखानी, नामेटार, रौता जस्ता अग्ला टाकुरा पर्दछ ।
(ख) वेशी टार ः
    करीब  ५५० मी. देखि ११०० मी. सम्मको उचाई रहेको यस धरातलिय स्वरुपमा महाभारतको उपल्लो भाग देखि दक्षिणमा तराईको भु–भाग छेउछाउ सम्म ढाकिएको छ ।  जिल्लाको करीव ९ प्रतिशत भु–भाग समेटने यस क्षेत्रमा नेपालटार, मुर्कुची, भलायाडाँडा जस्ता उपत्यका र तावाश्री, हर्देनि जस्ता लेशी एवं खोचहरु पर्दछन ।
(ग) तराई भु–भाग ः
    भित्री मधेशको रुपमा चिनिने यस जिल्लामा करीब ३१ प्रतिशत भु–भाग समथर रहेको छ । खास गरी त्रियुगा र तावा खालाको सिमावर्ती भु–भाग पर्ने यस धरातलीय स्वरुपको दक्षिणी भेगमा चुरे श्रृखला पर्दछ । ३६० मी. देखि ५५० मी. सम्मको उचाईमा अवस्थिति रहेको यस भु–भागका प्रमुख स्थानहरु गाइघाट, कटारी र बेल्टार हुन ।
 
३.नदीनाला ः
    उदयपुर जिल्लाको सबभन्दा ठुलो नदी त्रियुगा हो भने अन्य दुई प्रमुख नदीहरु क्रमशः तावा खोला र बैधनाथ खोला हुन । महाभारतमा मूल रहेको त्रियुगा नदीले जिल्लाको पूर्वी भेग, तावा खोलाले पश्चिम भेग बैधनाथ खोला मध्य भाग हुदै तावा खोला मिसिन पुग्छ ।  यस देखि वाहेक  न्य नदीहरुमा ककरु खोला, यारी खोला, राकुली खोला , बरुवा खोला, अधेरी ,सेति खोला, बहादुरा खोला र रसुवा खोला  सहायक खोला को रुपमा रहेका छन भने सुनकोशी सप्तकोशी र कमला  नदीहरु सिमाना नदीको रपमा रहेका छन ।
 
४. जलवायु ः
    मनसुनी हावापानी भएको यस जिल्लामा गरि विशेष जेष्ठ÷अषाढ देखि भाद्र÷आश्विन सम्म बढी पानी पर्ने र हिउदे याममा कम बर्षाहुने गर्दछ । यस जिल्लाको अधिकतम तापक्रम ३८०से र  न्यूनतम तापक्रम सरदर १६० से. छ भने बर्षा सरदर २१५२ मीलीमीटर छ । कुल बर्ष मध्ये करीव ८० प्रतिशत बर्षयाममा, २१ प्रतिशत जति बर्षातको समय भन्दा अघि र ७ प्रतिशत बर्षत समय पछाडी हुने गरेको पाईन्छ  भने करिव २ प्रतिशत बर्ष दिउदमा हुने गरेको छ । भु–भागको उचाई , सामुन्द्रिक दुरी, पर्वतको मोहडा, हिमाली अक्षँशले हावापानीलाई प्रभावित पारेको छ । भौगोलिक बनोटको आधारमा यस जिल्लामा उपोष्ण र समशीतोष्ण हावापानी छ । क्षेत्रफलको हिसावले ८०.६० प्रतिशत भु–भागमा उपोष्ण १९.४५ प्रतिशत भु–भागमा समशितोष्ण जलवायु रहेको पाईन्छ ।
 
५. जनसंख्या विवरण (प्रारम्भिक २०६८) ः
जम्मा जनसंख्या                   ः ३,२१,९६२
महिला                                ः १,७०,३१३
पुरुष                                   ः १,५१,६४९
घर संख्या                            ः ६६,०५४
घरपरिवार संख्या                   ः ७०,७९९
औसत परिवार सदस्य संख्या       ः ४.५५
जनघनत्व (प्रति वर्ग कि.मी.)       ः १५६
बार्षिक जनसंख्या बृद्धिदर            ः १.१३%
शहरी जनसंख्या (प्रतिशत)           ः २१.८७%
लैंगिक अनुपात                          ः ८९

श्रोत ः शाखा तथ्यांक कार्यालय, उदयपुर


Wednesday, August 15, 2012

आ.ब. २०६८/६९ मा संचालि कार्यक्रमका झलकहरु :-

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सहकारी कार्यालय उदयपुर


५४ औं राष्ट्रिय सहकारी दिवस २०६८ 



स्थानीय निकाय र लाइन एजेन्सीका पदाधिकारीहरुबीच 
१ दिने अन्तरक्रिया ।