Thursday, August 16, 2012

उदयपुर जिल्लाको संक्षिप्त विवरण

जिल्लाको संक्षिप्त परिचय ः

    महाभारत श्रृंखलादेखि चुरे पर्ततमाला सम्मको भू–भाग समेट्ने उदयपुर जिल्ला भित्रि मधेशको रुपमा चिनिन्छ ।  नेपालको मानचित्रमा २६०३९ देखि २७०११०उत्तरी अक्षँंश र ८६०१ पूर्वी देशान्तरमा रहेको यो जिल्ला पूर्वतिर साधुरिएको र पश्चितमतर्फ फुकेको छ । २०६३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो जिल्ला क्षेत्रफलको हिसावले नेपाल अधिराज्यको २७ औं, पूर्वाञ्चलको चौथो र सगरमाथा अञ्चलको दोश्रो स्थानमा पर्दछ । यस जिल्लालाई पूर्वमा सुनसरी र धनकुटा जिल्लसँग सप्तकोशी नदीले र पश्चिममा धनुषा र सिन्धुली जिल्लासँग ककू, कमला र बहादुर  खोलाले, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा जिल्लासँग सुनकोशी , दुधकोशी , अरुण र तमोर दोभानले र दक्षिणमा सिरहा र सप्तरी सँग चुरेले छुट्याएको छ ।
 

२. भौगोलिक स्थिति ः
      भू–बनौटको आधारमा यस जिल्लामा  ३ प्रकारको धरातल स्वरुप पाइन्छ ।
(क)  पहाडी भु–भाग ः
     उत्तरमा सुनकोशी नदी र दक्षिणमा महाभारतको उपल्लो भाग सम्म पहाडी भु–भाग पर्दछ । जिल्लाको करीव ६० प्रतिशत भाग यस भु–भाग यस भु–भागले ढाकेको छ । करीव ११०० मी. देखि २३१० मी. सम्मको उचाईमा रहेको यो क्षेत्रमा लेखानी, नामेटार, रौता जस्ता अग्ला टाकुरा पर्दछ ।
(ख) वेशी टार ः
    करीब  ५५० मी. देखि ११०० मी. सम्मको उचाई रहेको यस धरातलिय स्वरुपमा महाभारतको उपल्लो भाग देखि दक्षिणमा तराईको भु–भाग छेउछाउ सम्म ढाकिएको छ ।  जिल्लाको करीव ९ प्रतिशत भु–भाग समेटने यस क्षेत्रमा नेपालटार, मुर्कुची, भलायाडाँडा जस्ता उपत्यका र तावाश्री, हर्देनि जस्ता लेशी एवं खोचहरु पर्दछन ।
(ग) तराई भु–भाग ः
    भित्री मधेशको रुपमा चिनिने यस जिल्लामा करीब ३१ प्रतिशत भु–भाग समथर रहेको छ । खास गरी त्रियुगा र तावा खालाको सिमावर्ती भु–भाग पर्ने यस धरातलीय स्वरुपको दक्षिणी भेगमा चुरे श्रृखला पर्दछ । ३६० मी. देखि ५५० मी. सम्मको उचाईमा अवस्थिति रहेको यस भु–भागका प्रमुख स्थानहरु गाइघाट, कटारी र बेल्टार हुन ।
 
३.नदीनाला ः
    उदयपुर जिल्लाको सबभन्दा ठुलो नदी त्रियुगा हो भने अन्य दुई प्रमुख नदीहरु क्रमशः तावा खोला र बैधनाथ खोला हुन । महाभारतमा मूल रहेको त्रियुगा नदीले जिल्लाको पूर्वी भेग, तावा खोलाले पश्चिम भेग बैधनाथ खोला मध्य भाग हुदै तावा खोला मिसिन पुग्छ ।  यस देखि वाहेक  न्य नदीहरुमा ककरु खोला, यारी खोला, राकुली खोला , बरुवा खोला, अधेरी ,सेति खोला, बहादुरा खोला र रसुवा खोला  सहायक खोला को रुपमा रहेका छन भने सुनकोशी सप्तकोशी र कमला  नदीहरु सिमाना नदीको रपमा रहेका छन ।
 
४. जलवायु ः
    मनसुनी हावापानी भएको यस जिल्लामा गरि विशेष जेष्ठ÷अषाढ देखि भाद्र÷आश्विन सम्म बढी पानी पर्ने र हिउदे याममा कम बर्षाहुने गर्दछ । यस जिल्लाको अधिकतम तापक्रम ३८०से र  न्यूनतम तापक्रम सरदर १६० से. छ भने बर्षा सरदर २१५२ मीलीमीटर छ । कुल बर्ष मध्ये करीव ८० प्रतिशत बर्षयाममा, २१ प्रतिशत जति बर्षातको समय भन्दा अघि र ७ प्रतिशत बर्षत समय पछाडी हुने गरेको पाईन्छ  भने करिव २ प्रतिशत बर्ष दिउदमा हुने गरेको छ । भु–भागको उचाई , सामुन्द्रिक दुरी, पर्वतको मोहडा, हिमाली अक्षँशले हावापानीलाई प्रभावित पारेको छ । भौगोलिक बनोटको आधारमा यस जिल्लामा उपोष्ण र समशीतोष्ण हावापानी छ । क्षेत्रफलको हिसावले ८०.६० प्रतिशत भु–भागमा उपोष्ण १९.४५ प्रतिशत भु–भागमा समशितोष्ण जलवायु रहेको पाईन्छ ।
 
५. जनसंख्या विवरण (प्रारम्भिक २०६८) ः
जम्मा जनसंख्या                   ः ३,२१,९६२
महिला                                ः १,७०,३१३
पुरुष                                   ः १,५१,६४९
घर संख्या                            ः ६६,०५४
घरपरिवार संख्या                   ः ७०,७९९
औसत परिवार सदस्य संख्या       ः ४.५५
जनघनत्व (प्रति वर्ग कि.मी.)       ः १५६
बार्षिक जनसंख्या बृद्धिदर            ः १.१३%
शहरी जनसंख्या (प्रतिशत)           ः २१.८७%
लैंगिक अनुपात                          ः ८९

श्रोत ः शाखा तथ्यांक कार्यालय, उदयपुर


No comments:

Post a Comment