Thursday, August 16, 2012

सूचना ! सूचना !! सूचना !!!

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सहकारी कार्यालय, उदयपुरको
सूचना !
मिति :- २०६९/०४/१७
सहकारी ऐन, २०४८ को दफा ५(२) अन्तर्गत् दर्ता भएका सोलु, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लाका सहकारी संघ/संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र दर्तावाल लेखापरीक्षक नियुक्त गरी रजिष्ट्रार वा निजले तोकेको पदाधिकारीबाट नियुक्ति समर्थन गराई लेखापरीक्षण सम्पन्न गरी सो प्रतिवेदन आफ्नो संस्थाको साधारण सभाबाट अनुमोदन गराई पेश गर्नु होला । समयमै विवरण दाखिला नगर्ने संघ/संस्थाहरुलाई सहकारी मापदण्डको दफा ५७ को २ बमोजिम पटकैपिच्छे रु. १,५००।– दण्ड जरिवाना गरिने तथा २ वर्ष सम्म विवरण नपठाएमा संस्था खारेजी तर्फ कारवाही अगाडी बढाइने ब्यहोरा समेत सम्बन्धित संघ/संस्थालाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सहकारी अधिकृत

No comments:

Post a Comment